राष्ट्रिय स्वतन्त्र पार्टीले कमी-कमजोरी देखिए सच्याउने सहमतिमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची पेस गरिएको जनाएको छ।
अन्तिम समयको राजनीतिक संवाद र सहमतिका कारण भएको समय अभावलाई कारण देखाउँदै रास्वपा सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...यस प्रक्रियामा कुनै कमी-कमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो।’
बन्दसूचीमा देखिएका त्रुटि निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सुधार गरी पुनः पेस गर्ने बताउँदै रास्वपाले पुस १७ गते बिहान १० बजेभित्र सच्याउनुपर्ने विषयमा सुझाव पेस गर्न आग्रह गरेको छ।
