घोडा वर्गको स्वागत

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंको टुँडिखेलमा मंगलबार तमू अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ‘तमू ल्होसार’को उमंग छायाे । गुरुङ समुदायको धार्मिक र सांस्कृतिक मान्यताअनुसार मंगलबार उनीहरूले ‘सप्रि ल्हो’ (सर्प वर्ग)लाई बिदाइ गरेर ‘त ल्हो’ (घोडा वर्ग)लाई स्वागत गरेका छन् ।

‘तमू’ भनेको गुरुङ र ‘ल्होसार’ भनेको नयाँ वर्ष हो । गुरुङ समुदायले तमु ल्होसार महोत्सवकै रूपमा मनायो । जहाँ कला, संस्कृति र वेशभूषादेखि गुरुङ समुदायको जीवनशैलीसमेत प्रदर्शन गरिएको थियो ।

गुरुङ महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरू टोपी, भोटो, भाङ्ग्रो र कछाडमा सजिएका थिए । 

सुझावित समाचार