६४ दलले बुझाए समानुपातिकको बन्दसूची, १० वटा दलले चारवटा एकल चिह्नमा निर्वाचनमा भाग लिने
आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार ५४ दलले आ–आफ्नो निर्वाचन चिह्नमा र १० दलले चारवटा एकल निर्वाचन चिह्नमा निर्वाचनमा भाग लिने भएका छन् । समग्रमा ६४ दलले ५८ वटा निर्वाचन चिह्नमा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।
काठमाडौंमा बढ्न थाल्यो वायु प्रदूषण
चिसो बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ । काठमाडौंमा दिउँसो घाम लाग्दा न्यानो हुने गरेको छ । तर, साँझ–बिहान अत्यधिक चिसो छ। यही वेला धुलोधुवाँका कणले आकाश ढाक्न थालेको छ । दिउँसो घाम लागे पनि मधुरो प्रकाश छ भने साँझ–बिहान आकाश तुवाँलोले ढाक्ने गरेको छ।
१८ टन ग्यास बोकेको बुलेट पूर्व–पश्चिम राजमार्गमा पल्टिएर लिकेज
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
बालेनलक्षित ओलीको टिप्पणी– पार्टी, पद सबै अर्कैलाई दिएर प्रधानमन्त्री खाउँला भनेर बस्या छन्
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पद, पार्टी सबै अरूलाई दिएर प्रधानमन्त्री बन्छु भनेर बसेका भन्दै काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’प्रति व्यंग्य गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बालेनको नाम नलिई ओलीले भने, ‘मैले त प्रधानमन्त्री बन्नेवाला नाम चलेका मान्छेलाई अलि बाठै ठानेको थिएँ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कैलाई, पार्टी अर्कैलाई। सबै अर्कैलाई दिएर प्रधानमन्त्री खाउँला भनेर...।’
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ। लामो समयदेखि अस्पतालमा उपचाररत जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनी बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानकी श्रीमती हुन्। सन् १९८१ मा रहमानको हत्या भएपछि खालिदा राजनीतिमा आएकी हुन्। सन् १९९१ मा उनी पहिलोपटक प्रधानमन्त्री भएकी थिइन्।
जेन–जी आन्दोलनको असर : शून्यबाट घरनक्सा विवरण संकलन गर्दै विराटनगर महानगर
जेन–जी आन्दोलनमा भएको आगजनीले सबै अभिलेख ध्वस्त भएपछि विराटनगर महानगरले घरजग्गाको नापनक्सा संकलन शून्यबाट सुरु गर्न थालेको छ । जेन–जी आन्दोलनमा भएको आगजनीमा कार्यालयको घरनक्सा शाखाका अभिलेख राखिएका फायल र कम्प्युटरहरू जलेर खरानी भएपछि पुनः घरनक्साको विवरण शून्यबाट सुरु गरेको हो ।
गण्डकीका सातमध्ये चार विमानस्थल प्रयोगविहीन, थप एउटा बनाउन डिपिआर तयार
गण्डकी प्रदेशमा रहेका सातमध्ये चार विमानस्थल प्रयोगविहीन छन्। कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पुरानो विमानस्थल तथा मुस्ताङस्थित जोमसोम विमानस्थल मात्र सञ्चालनमा छन्। बागलुङमा बलेवा र ढोरपाटन, मनाङको हुम्डे र गोरखाको पालुङटार विमानस्थल बन्द छन्। पर्यटकलाई लक्षित गरी निर्माण गरिए पनि सञ्चालनमा आउन सकेका छैनन्।
शीतलहरले दाउन्नेमा तीन दिनदेखि सडक अनियमित
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको दाउन्नेमा तीन दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । लगातारको शीतलहरले बाटो चिप्लो हुँदा उकालोमा सवारीसाधन उक्लन नसक्दा लामोलाइन लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
तस्बिरमा तमु ल्होसार
आज गुरुङ जातिले तमु ल्होसार पर्व मनाइरहेका छन्। तमु ल्होसार गुरुङ जातिले नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन्। परम्परागत जातीय वेशभूषामा सजिएर मौलिक सांस्कृतिक नाचगान गर्ने र मान्यजनबाट आशीर्वाद लिएर यो पर्व मनाइन्छ। पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।
कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिएपछि कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची पेस गरेको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार राति साढे ११ बजेपछि ११० जनाको नामावली आयोगमा बुझाएका हुन्।