६४ दलले बुझाए समानुपातिकको बन्दसूची, १० वटा दलले चारवटा एकल चिह्नमा निर्वाचनमा भाग लिने

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार ५४ दलले आ–आफ्नो निर्वाचन चिह्नमा र १० दलले चारवटा एकल निर्वाचन चिह्नमा निर्वाचनमा भाग लिने भएका छन् । समग्रमा ६४ दलले ५८ वटा निर्वाचन चिह्नमा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।

०७९ को निर्वाचनलाई आधार बनाएर समानुपातिकतर्फको मतपत्र बन्ने आयोगले जनाएको छ। जसअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो, नेपाल कम्युनिस्ट पार्टी तेस्रो र रास्वपाको चुनाव चिह्न चौथो नम्बरमा रहनेछन्। 

सुझावित समाचार