आफैँ काम गर्ने संस्थाबाट ६५ लाख चोरी, २५ वर्षीय युवक पक्राउ

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंमा आफैँले काम गर्ने ठाउँबाट ६५ लाख रुपैयाँ चोरी गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका– ६, गोलौरानिवासी २५ वर्षीय दुर्गा केसी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार केसीले काठमाडौं महानगरपालिका– ४ स्थित स्ट्रम नेटवर्क प्रालि र इको भ्याली प्रालिबाट गरी ६५ लाख १७ हजार १४० रुपैयाँ चोरी गरेका हुन्। उनी त्यहाँ प्लम्बरको रूपमा काम गर्थे।

पुस १३ गते पैसा चोरी गरेर भागेपछि केसीको खोजी गर्दा ‘लोकेसन’ दाङ देखाएको थियो। त्यसकै आधारमा मंगलबार उनलाई घरमै राखेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार