बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो।

घरनजिकको कोठिया सामुदायिक वनमा घाँस काट्न गएको वेला बाघको आक्रमणबाट परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए।

उनले भने, ‘मंगलबार दिउँसो १ बजेको समयमा कोठिया सामुदायिक वनमा बाघले आक्रमण गरेर परियारलाई जंगलतर्फ लगेको थियो। प्रहरीले परियारलाई वनभित्र १ः४० बजे फेला पारेर बर्दिया अस्पताल पठाएको थियो।’

बर्दिया अस्पताल गुलरियाका मेडिकल अधिकृत डाक्टर चन्द्रप्रकाश तिमिल्सैनाले परियारको घाँटीमा पन्जाको डाम रहेको बताए।

सुझावित समाचार