कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिएपछि कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची पेस गरेको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार राति साढे ११ बजेपछि ११० जनाको नामावली आयोगमा बुझाएका हुन्।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समयसीमा तोकेको थियो। सोही समयसीमाभित्र कांग्रेसले सूची दर्ता गराएको जनाएको छ।

कांग्रेसले यसपटक ०६४ सालदेखि समानुपातिक सांसद रहेका नेताहरूलाई बन्दसूचीमा समावेश नगरेको जनाएको छ। बन्दसूचीमा  प्रदेशगत रूपमा कोशी प्रदेशबाट १८, मधेश प्रदेशबाट २१, बागमती प्रदेशबाट २२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट १० जना उम्मेदवार समेटिएका छन्।

सुझावित समाचार