राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बूले इलाम उपनिर्वाचनका वेला आफूविरुद्ध उभिएका व्यक्ति र समूह नै अहिले रास्वपामा समाहित हुनुले आफ्नो राजनीतिक निर्णय सही रहेको पुष्टि भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लिम्बूले आफूलाई ‘पहिचानविरोधी’ भनेर आलोचना गर्नेहरू नै वैकल्पिक राजनीतिमा जोडिनु समयको न्याय भएको टिप्पणी गरे।
उनका अनुसार साँघुरो राजनीतिक घेराबाट बाहिर ननिस्किँदासम्म फराकिलो सम्भावना सम्भव हुँदैन भन्ने यथार्थ अब सबैले बुझ्न थालेका छन्।
लिम्बूले पूर्वसहकर्मीहरूलाई स्वागत गर्दै अबको राजनीति ध्रुवीकरणभन्दा एकता र सहकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।