नेकपा (एमाले)ले पनि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सोमबार बेलुका अबेर एमालेले सूची बुझाएको हो।
निर्वाचन आयोगका अनुसार सूची बुझाउने दलको संख्या ३९ पुगेको छ। ५७ दलले सूची बुझाउनका लागि निस्सा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।