सुदूरपश्चिमको भाषा, संस्कृति प्रवर्द्धन गर्नका लागि यहाँका स्रष्टाहरूले लोक देउडा गीतसंगीत बजारमा ल्याएका छन्। लोक डेउडा गायकद्वय गणेशबहादुर सिंहले खप्तड घाम छैन र लक्ष्मण अधिकारीले होइन भिनाजु देउडा गीत बजारमा ल्याएका हुन् ।
दुवै गीतको लय पर्दापछाडिका स्रष्टा राजेन्द्र शाह(बिपी) र मोडल अभिनयमा लालबहादुर धामी(अछामी बड्डो)ले गरेका छन्। ‘होइन भिनाजुमा’ अधिकारीको शब्द, अभिनय, रेखा जोशीको लय रहेको छ ।
देउडा मोडल उर्मिला कुँवर, छायांकन अमृत उपाध्याय, श्रृंगारतर्फ मेनुका साउद रहेका छन्। अधिकारीले ११पुसमा गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । सुदूरका लोक देउडा गायक लक्ष्मण अधिकारीले मौलिक कला, लोक संस्कृति, भाषाको संरक्षण प्रवर्द्धनका लागि उक्त देउडा गीत बजारमा ल्याएको बताए। अधिकारीले यसअघि पनि थुप्रै लोक संगीत बजारमा ल्याएका थिए ।