नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रत्यक्षतर्फ बाँकी राखेर समानुपातिक र राष्ट्रिय सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा उदयपुरको उम्मेदवार सिफारिस कार्यदलको बैठकले समानुपालिकतर्फ १४ जना र राष्ट्रिय सभातर्फ ५ जनाको नाम सिफारिस गरेको हो ।
नेकपा उदयपुरको उम्मेदवार सिफारिस कार्यदलका सदस्य विनोद खड्का अनुसार समानुपातिकतर्फ सिफारिस हुनेमा अम्बिकाकुमारी थापा क्षेत्र, कलादेवी राई, काजीमान तामाङ, जिमला पौडेल, दुर्गा परियार, विनोद कटुवाल, भगवती खनाल, मदन विश्वकर्मा, मेमबहादुर बिक, राजकुमार राई, राजकुमार दनुवार, राममणि पोखरेल, लीलबहादुर परियार, सुनिता चौधरी रहेका छन् ।
यसैगरी, राष्ट्रिय सभार्फत खुम्बराज खत्री, झनक विक, दीपक बस्नेत, पुष्प बराइली र रामभक्त यादव रहेका छन् । उनले भने, ‘प्रत्यक्षर्फ दुवै निर्वाचन क्षेत्रको उम्मेदवारी सिफारिस केही दिनमै हुने छ । तयारी सुरु गरिएको छ ।’