मोरङ प्रहरीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले १३ पुसको राति केराबारी गाउँपालिका– ५ मा चेकजाँचका क्रममा प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्समा तस्करी गर्न लागिएको ५२१ केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि– ६ का निश्चल राई र साँगुरीगढी– २ का खगेन्द्र लिम्बू छन्। एम्बुलेन्स रोकेर खानतलासी गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको मोरङ प्रहरीले जनाएको छ।