प्रत्यक्षतर्फ बाँकी राखेर एमाले उदयपुरद्वारा समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) उदयपुरले समानुपातिकतर्फ १५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा एमालेले हाल समानुपातिकतर्फ मात्र उम्मेदवारी सिफारिस गरेको हो ।

एमाले जिल्ला कमिटी उदयपुरका उपसचिव हेम खड्काका अनुसार मञ्जुकुमारी चौधरी, अम्बिका थापा, कला घले, पदमबहादुर राई, सिर्जना तामाङ, कान्ता राई, बेनीबहादुर रम्तेल, भीमकुमारी राउत रहेका छन् । यसैगरी, खड्गबहादुर परियार, नारदराज थापा, राजन शाही, माया भण्डारी, सुरेश तामाङ, अनन्त दनुवार र चन्द्रनारायण चौधरी समानुपातिकतर्फ सिफारिस गरिएको खड्काले जानकारी दिए । 

खड्काका अनुसार सिफारिस सूचीलाई जिल्ला कमिटीको निर्णयअनुसार कोशी प्रदेश कमिटीमा पठाइएको छ। उनले भने, ‘सबै क्षेत्र, भूगोल र समुदायको समावेशी प्रतिनिधित्व, साथै पार्टीप्रतिको योगदान र संगठनात्मक अनुभवलाई ध्यानमा राखेर उम्मेदवार सिफारिस गरिएको हो ।’

एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पार्टी केन्द्रले समानुपातिकका लागि मात्र  मागेकाेले सिफारिस गरेको जानकारी दिए । उनले भने, ‘आगामी माघ २० गतेभित्र प्रत्यक्षतर्फको पठाउनुपर्ने भएको छ । त्यसको तयारीमा जुटेका छौँ । राष्ट्रिय सभातर्फ पार्टीले उम्मेदवारको सिफारिस मागेको छैन ।’

सुझावित समाचार