मधेशकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा)नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बिच एकताको अन्तिम तयारी भएको छ।
लोसपाका नेता शरतसिंह भण्डारीका अनुसार सकेसम्म रातिसम्ममा दुई पार्टीबिचको एकीकरणमा हस्ताक्षर हुने गरी सहमतिपत्रलाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
सहमतिपत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नेछन्। पार्टी एकतापछि सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए।