गोली फायर गरेर दुईजना भारतीय गाँजा तस्कर पक्राउ

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

मोरङ प्रहरीले गाँजा तस्करी गर्ने दुईजना भारतीयलाई गोली फायर गरेर पक्राउ गरेको छ । 

मोरङको सीमावर्ती जहादा गाउँपालिका– २ तरिगामा नाका क्षेत्रबाट भारततर्फ  गाँजा तस्करी गरिरहेका भारतीय नागरिकलाई शनिबार राति साढे दुई बजेतिर गोली फायर गरेर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने भारतीयहरू बिहार राज्यको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान छन्।  

नेपालतर्फ  सीमा क्षेत्रमा भण्डारण गरेर राखिएकाे गाँजा राति बाेरामा तस्करी गर्दै गरेको सूचना पाएपछि नियन्त्रणमा लिन प्रयास गर्दा तस्करहरू फरार भएकाले अप्रेसनमा खटिएको इन्स्पेक्टर सरोज खनालको टोलीले पेस्तोलबाट एक राउन्ड गोली फायर गर्नुपरेको मोरङका एसपी कवित कटुवाले बताए ।   
 

सुझावित समाचार