संखुवासभामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

संखुवासभामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शनिबार साँझ साढे ६ बजेतिर  खाँदबारी–९, तुम्लिङटारस्थित कोशी राजमार्गमा सभाखोलाबाट तुम्लिङटारतर्फ आउँदै गरेको को१८प ७१७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प २२७५ नम्बरको  मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । 

७१७६ नम्बरको मोटरसाइकलचालक खाँदबारी–९, तुम्लिङटार बस्ने ४८ बर्षीय चक्रबहादुर सुनारको बायाँ हात, बायाँ खुट्टा र चिउँडोमा सामान्य चोट लागेको छ भने सोही मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीय धनबहादुर सुनारको शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, २२७५ नम्बरको मोटरसाइकलचालक धनकुटा छथर जोरपाटी गाउँपालिका–३ बस्ने ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठसमेत सामान्य घाइते भएको, तीनैजना घाइतेहरूको स्थानीय मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको जनाएको छ ।

सुझावित समाचार