निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोगको बैठकले आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो ।
आयोगका अधिकारीकाअनुसार आचारसंहिता माघ पहिलो साताबाट लागू गर्ने तयारी छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अघिल्लो निर्वाचनमा ५० दिनअघि आचारसंहिता लागु भएको उल्लेख गर्दै यसपटक पनि यही सेरोफेरो लागू गर्ने योजनामा आयोग रहेको बताए । भण्डारीले यसपटक आचारसंहिता अनुगमनमा कडाइ गरिने र सचेतनामुखीभन्दा सजायमुखी बनाइने र नेता, उम्मेदवार वा कार्यकर्ताले उल्लंघन गरे उम्मेदवारी खारेजीसम्मको सजायमा आयोग जाने बताए ।
यसपटक आचारसंहितामा दल वा उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था थपिएको छ ।
यसैगरी, हरित निर्वाचनको परिकल्पना गरिएको छ । यसअन्तर्गत प्रदूषण नियन्त्रण हुनेगरी वातावरणमैत्री डिजिटल प्रचार गर्नुपर्नेछ । एआईको दुरुपयोगलाई पनि आचारसंहिताको दायरामा ल्याइएको छ ।
के छ आचार संहितामा ?
निर्वाचन आयोग ऐनको दफा २२ अनुसार आयोगले तयार पारेको आचारसंहिता संघ, प्रदेश, स्थानीय सरकारका पदाधिकारी, कर्मचारी, संवैधानिक निकायका पदाधिकारी, सरकारी, गैरसरकारी संस्था, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, दल र भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सञ्चारकर्मी, विद्यालयका शिक्षक र कर्मचारी, मतदाता, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, सेवाप्रदायक संस्थाका पदाधिकारी र कर्मचारीलाई लाग्ने छ । यो हेर्ने केन्द्रदेखि जिल्लासम्म अनुगमन समिति हुनेछन् ।
आचार संहितामा सरोकारवालाले सरकारी तथा सार्वजनिक संस्थाले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा स्रोत साधन र सम्पत्ति प्रयोग गर्न नहुने, निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कार्यमा अवरोध गर्न नहुने, सरकारी, सार्वजनिक संस्था तथा विद्यालय क्षेत्रभित्र निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न नहुने भनिएको छ ।
यसैगरी, दल वा उम्मेदवारको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकरण, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण वा प्रदर्शन गर्न नहुने, स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार गर्न नहुने भनिएको छ ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी चुनाव प्रचार गर्न नहुने, बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्न नहुने, निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक भेला गर्न नहुने, सार्वजनिक यातायातमा अवरोध हुनेगरी जुलुस, सभा, भेला गर्न नहुने भनिएको छ ।
सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्न नहुने, चुनावमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन वा झुटा साइट खोलेर चलाउन नहुने र चुनावलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वैषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिप्पणी गर्न नहुने भनिएको छ ।
कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई चुनाव प्रभावित पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट गर्न नहुने, निर्वाचनको विश्वसनीयता वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा प्रकाश वा प्रसारण गर्न नहुने भनिएको छ ।
यसैगरी, उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा परिणाम घोषणा वा प्रकाश गर्न नहुने पनि भनिएको छ ।
चुनावमा प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर र प्रतिक्रिया दिन नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने, मतदाता र मतदानमा खटिएका कर्मचारीसँग वादविवाद तथा हतोत्साहित गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्न नहुने भनिएको छ ।
सरकार, मन्त्री र पदाधिकारीले गर्न नहुने
-आचार संहितामा सरकार, मन्त्री र पदाधिकारीले गर्न नहुने कामहरु छुट्याइएको छ । जसमा आफ्नो क्षेत्रबाहेक अन्त प्रचार गर्न नहुने, प्रचारमा सरकारी स्रोतको प्रयोग गर्न नहुने । नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृति वा सञ्चालन गर्न नहुने (काबुबाहिर परिस्थितिबाहेक) ।
-शिलान्यास, उद्घाटन, सम्भाव्यता अध्ययन गर्ने तथा अनुदान दिन नहुने । नियुक्ति, पदपूर्ति, भत्तावृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने (नियमित पदपूर्तिका लागि बाधा नपर्ने)
-निर्वाचन कामबाहेक कर्मचारी सरुवा र पदस्थापन गर्न नहुने (नियमिततर्फ गर्नैपरे आयोगको सहमति लिने) ।
-४८ घण्टाको मौन अवधिमा कुनै खाले अन्तरक्रिया, सम्मेलन, कार्यशाखा, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न नहुने । आयोगको अनुमतिबिना वैदेशिक भ्रमण गर्न नहुने । आचारसंहितामा संवैधानिक निकायका पदाधिकारी, गैरसरकारी संस्था, सुरक्षाकर्मी, शिक्षकले दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नहुने, सभासम्मेलन गर्न कार्यालय उपलब्ध गराउन नहुने भनिएको छ ।
दल, उम्मेदवार र भ्रातृ संगठनले गर्न नहुने
आचारसंहितामा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा कसैको घर आसपास गई विरोध प्रदर्शन गर्न नहुने, २४ घण्टाअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, विहान सादेखि बेलका सात बजेसम्म गर्नुपर्ने, बालबालिका प्रयोग गर्न नहुने, चुनाव चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर वा कपडा, टोपी, भेष्ट, टिसर्ट, ज्याकेट कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भनिएको छ ।
कसैको निजी घरजग्गा, सार्वजनिक भवन, उद्यान, सडकका पोल वा सार्वजनिक स्थानमा दलको झण्डा, चुनाव चिन्ह राख्न नहुने उल्लेख छ, राखेमा उम्मेदवारले नै राखेको मानेर कारबाही गर्ने भनिएको छ । व्यक्ति, संस्था र समूहहरुलाई नगद वा जिन्सी वितरण, अनुदान र आर्थिक सहायता, चन्दा, पुरस्कार तथा निर्वाचन खर्च वा बुथ खर्च दिन नहुने पनि मस्यौदामा उल्लेख छ ।
दलहरुले निर्वाचन प्रयोजनको लागि ७५ ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने तोकिएको छ । उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३÷४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने उल्लेख छ । यसैगरी उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलका वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने भनिएको छ ।
तर राजनीतिक वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, घरदैलो कार्यक्रममा ३/४ आकारको दश-दशवटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न पाउनेछन् ।
२५ जनाभन्दा बढीको जुलुस लिन नपाउने
उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा गाजा तथा झाँकी सहित जान नहुने भनिएको छ । यसैगरी अनलाइन वेब पेज, टिभी स्कोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न नहुने भनिएको छ । तर, राजनीतिक दल वा उम्मेदवारको बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचार प्रसार सामग्री राख्न बाधा पर्ने छैन ।
दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नहुने भनिएको छ । कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी न्याली आयोजना वा प्रचार गराउन नहुने भनिएको छ ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचार गर्न नहुने पनि भनिएको छ ।
दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको न्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने भनिएको छ । उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने, कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार गर्न वा मत माग्न नहुने भनिएको छ ।
बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने उल्लेख छ । यसैगरी उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलका वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने भनिएको छ ।
तर, राजनीतिक वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, घरदैलो कार्यक्रममा ३/४ आकारको दशरदशवटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न पाउनेछन् ।
२५ जनाभन्दा बढीको जुलुस लिन नपाउने
उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा गाजा तथा झाँकी सहित जान नहुने भनिएको छ । यसैगरी अनलाइन वेब पेज, टिभी स्कोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न नहुने भनिएको छ । तर राजनीतिक दल वा उम्मेदवारको बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचार प्रसार सामग्री राख्न बाधा पर्ने छैन ।
दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न नहुने भनिएको छ । कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी न्याली आयोजना वा प्रचार गराउन नहुने भनिएको छ ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचार गर्न नहुने पनि भनिएको छ ।
दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको न्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने भनिएको छ । उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने, कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार गर्न वा मत माग्न नहुने भनिएको छ ।
चुनाव खर्च विवरण १५ दिनभित्र दिनुपर्ने
निर्वाचन प्रचार लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने भनिएको छ ।
निर्वाचनमा विजयी भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर गर्न वा नगद वा जिन्सी वितरण गर्न नहुने भनिएको छ ।
राजनीतिक दल वा उम्मेदवारले सवारी साधनको प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न नहुने पनि भनिएको छ ।
यसैगरी उम्मेदवारले दुईटा सवारी अनुमति लिएर प्रयोग गर्न पाउने, सवारी नचल्ने भेगमा चारवटा घोडा प्रयोग गर्न पाउने भनिएको छ । दलले तोकेका दुई मुख्य प्रचारकले मात्र आयोगको अनुमितमा हेलिकप्टर प्रयोग गर्न पाउने भनिएको छ ।
उम्मेदवारले मनोनयन दर्ता गर्दा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने पनि भनिएको छ । दल र उम्मेदवारले खर्च गर्दा बैंक खाता खोलेर गर्नुपर्ने भनिएको छ । २५ हजारभन्दा बढीको आर्थिक सहयोग प्राप्त गर्दा बैंकबाट लिनुपर्ने भनिएको छ ।
यस्ताे छ स्वीकृत निर्वाचन आचारसंहिता