नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीद्वारा संघर्षको कार्यक्रम घोषणा

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार अर्घाखाँचीको शीतगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो।

शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो। संघर्षका कार्यक्रमअन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

सुझावित समाचार