२२ औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

१२ विधामा प्रतिस्पर्धा

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

२२ औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ शुक्रबारदेखि पोखरामा सुरु भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनमा १५ पुससम्म चल्ने प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा संचालन गरिएको छ।

प्रतियोगिताको उद्घाटन गदै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले आउँदा दिनमा खेलका विभिन्न प्रतियोगिता संचालनका लागि बैंकले सहयोग गर्दै जाने बताए। टेनिस खेलमा पोखराले पाएको सफलता अन्य खेल संघका लागि अनुकरणीय रहेको उनले बताए। प्रतियोगिताअन्तर्गत  पहिलो दिन ओपन मेन्स सिंगल्सतर्फ करन बहादुर थापा, सन्दिप विक, जेयुन किम, प्रितम परियार, सुरेन्द्र विक, बिवेक मगर, आरव सम्राट हाडा, दर्शिल श्रेष्ठ, उगेन शेर्पा, प्रकाश गुरुङ, सोमज श्रेष्ठले जित हात पारेका थिए। 

४५ वर्षमाथि मेन्स सिंगल्समा शरण गुरुङ, निरज थापा, भिष्मराज पौडेल, सेजार गुरुङलाई, सोही समुहको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमसिंह लामिछाने जोडीले विजयी भएका थिए। ५५ वर्षमाथि एकलतर्फ जितेन्द्र प्रधान, करिमुल्ला मुस्लिम, जितेन्द्र खड्का, ५५ वर्षमाथि डबल्समा अनु जोन र मनु त्रिपाठी, देव क्षेत्री र हिमाल शाहको जोडीले जित हात पारेका थिए। 

प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि गरि १२ विद्यामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव एंव प्रतियोगिता संयोजक विश्वराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार प्रतियोगितामा नेपाल सहित चार देशका गरि एक सय ६८ जना खेलाडीहरुले प्रतिस्पर्धा गदैछन् । 

आयोजक संघका अध्यक्ष राजकुमार गुरुङका अनुसार प्रतियोगिता अन्र्तगत ओपनतर्फ मेन्स तथा उमेन्स सिंगल्स विजेताले ८०, उपविजेताले ४० हजारसहित ट्रफि तथा सेमिफाइनलिस्टले २० हजार र मेडल पाउनेछन्। मेन्स तथा उमेन्स डबल्स तर्फ विजेताले ३०, उपविजेताले १५ हजार सहित ट्रफि पुरस्कार पाउदा सेमिफाइनलिस्टले १० हजार र मेडल पुरस्कार पाउनेछन्।

३५ वर्षमाथिको सिंगल्स विजेताले ६०,उपबिजेताले ३० हजारसहित ट्रफि तथा सेमिफाइनलिस्टले १५ हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन्। ३५ वर्ष माथिको डबल्स विजेताले २०,उपविजेताले १० हजारसहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन्। ४५ वर्ष माथिको सिंगल्स विजेताले ४०,उपविजेताले २० हजारसहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार र मेडल पुरस्कार प्राप्त गर्नेछन्। 

४५ वर्ष माथि डबल्सको विजेताले २०, उपविजेताले १० हजार सहित ट्रफि पुरस्कार पाउनेछन्। ५५ वर्षमाथिको सिंगल्स विजेताले ३०, उपविजेताले १५ हजारसँगै ट्रफि पाउँदा सेमिफाइनलिस्टले १० हजारसहित मेडल, ५५ वर्षमाथि डबल्स विजेताले २०, उपविजेताले १५ हजारसँगै ट्रफि पाउदा सेमिफाइनलिस्टले १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन्। ६५ वर्षमाथि सिंगल्सतर्फका विजेताले १५, उपविजेताले सात हजार पाँच सय र ट्रफि पाउँदा सेमिफाइनलिस्टले दुई हजार पाँच सय र मेडल, ६५ वर्षमाथि डबल्सको विजेताले १० र उपविजेताले पाँच हजारसहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन्।
 

सुझावित समाचार