मंसिरमा ६५ हजार वैदेशिक रोजगारीमा

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

मंसिरमा ६५ हजार सात सय पाँच युवा काम खोज्दै वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले जारी गरेको तथ्यांकअनुसार ५८ हजार ८३ पुरुष र सात हजार ६ सय २२ महिला काम खोज्दै बिदेसिएका हुन् ।

नयाँ श्रम स्वीकृति लिने १० हजार दुई सय ६६, जिटुजीमार्फत आठ सय ९७ र पुन: श्रम स्वीकृति लिने ३६ हजार ८७ रहेको विभागले जनाएको छ । जेन–जी आन्दोलनपश्चात् नेपाली श्रमिकलाई काममा लिन विभिन्न देशले कडाइ गरेका कारण वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश: घट्दै आएको छ ।

तथ्यांकअनुसार मंसिरमा सबैभन्दा बढी साउदी अरेबिया १२ हजार नौ सय ८६ जना पुगेका छन् । त्यस्तै, युएई नौ हजार तीन सय ८२, मलेसिया नौ हजार ७३ र कुवेत चार हजार पाँच सय ६२ युवा पुगेको विभागको तथ्यांक छ ।

सुझावित समाचार