सरकारले देशका विभिन्न नाै स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
आज (शुक्रबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयअनुसार ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बिपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौली र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ ।