थाइल्याण्डबाट आएका चार भारतीय विमानस्थलमा ११ किलो गाँजासहित पक्राउ

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ११ किलो गाँजासहित चार भारतीय पक्राउ परेका छन्। विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बलको सुरक्षा बेसले शुक्रबार भन्सार क्षेत्रको चेकजाँचमा उनीहरूलाई पक्राउ गरेको हो। ३८ वर्षिया साजिया, ४८ वर्षिय सहिद अहमद, ७२ वर्षिया फतिमा र ११ वर्षिय बालक पक्राउ परेका हुन्।  उनीहरू एयर एसियामार्फत थाइल्याण्डबाट नेपाल आएका थिए। 

उनीहरूमाथि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

सुझावित समाचार