१७औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान गरिएको छ । शैली थिएटरको आयोजना र ओजस थिएटरको सहकार्यमा हुन लागेको महोत्सवमा सहभागिताका लागि इच्छुक व्यक्ति, संघसंस्था, नाट्य समूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ताका लागि आह्वान गरिएको हो ।
जसका लागि नाटकको स्क्रिप्ट पुस २० गतेसम्म बुझाउन सकिने महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिए । नाटकको स्क्रिप्ट रुसी सदन कमलपोखरी, रातोपुलस्थित शैली थिएटर तथा ओजस थिएटरमा बुझाउन सकिनेछ । महोत्सवका लागि छनाेट भएका स्क्रिप्टलाई पुस २५ गते सार्वजनिक गर्ने तालिका रहेको छ ।
यो महोत्सव सात दिनसम्म रुसी सदन, कमलपोखरीमा सञ्चालन हुनेछ । विगत १६ वर्षदेखि शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गर्दै आएको छ । कोरोनाको समयमा समेत भर्चुअल रूपमा महोत्सव गरेको स्मरण गर्दै १७औँ महोत्सव आयोजनाको संघारमा आइपुग्दा खुसीको सीमा नरहेको महोत्सवका निर्देशक बुढाथोकीले बताए ।