नवराज थापामगर र सुनिता थेगिमको स्वरमा नयाँ गीत ‘फूल दिए’ सार्वजनिक भएको छ।
सविता गुरुङको शब्द तथा युनिक थापामगरको संगीत रहेको गीतको भिडियो ‘ओमचित्र इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
दीप गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा ओम गुरुङ, जुना गुरुङ, दीपशिखा गुरुङ, सुस्मिता गुरुङलगायतको अभिनय छ। आशिष गुरुङको कोरियोग्राफी र विजय लामाको सिनिमाटोग्राफी रहेको गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्।