गृह मन्त्रालयले १२ सहसचिव तथा एक उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवामा १२ जिल्लामा नयाँ सिडिओ खटाएको छ। त्यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव शशीधर घिमिरेलाई खटाइएको छ।
गत साता ६० सहसचिवको सरुवा हुँदा अन्य मन्त्रालयमा सिडिओहरुको सरुवा भएपछि रिक्त जिल्लामा गृहले नयाँ सहसचिव र उपसचिवलाई खटाएको हो।