नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले यातायात व्यवस्था विभाग, मीनभवन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । नाइमाले जेन–जी आन्दोलनबाट तोडफोड र आगजनी भएका यी कार्यालयलाई नाइमा अध्यक्ष रितुसिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सो सहयोग हस्तान्तरण गरेको हो ।
नाइका अनुसार यातायात व्यवस्था विभाग मीनभवनलाई मुख्य भवनका सम्पूर्ण झ्यालढोकाको पुनर्निर्माण र प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायतको सहयोग उपलब्ध गराइएकोे हो ।
विभागका महानिर्देशक राजीव पोखरेलले नाइमाको सहयोगले विभागले पुन: आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताए । त्यस्तै, ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत सहयोगको प्रशंसा गरे ।