२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार सिफारिस गरेका छन्।
नेकपाले प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ माधव सापकोटा र क्षेत्र नं २ मा युवराज दुलालको नाम एकल रूपमा सिफारिस गरेको छ। समानुपातिकतर्फ नेकपाले क्षेत्र नं १ बाट पाँच र क्षेत्र नं २ बाट नौजनाको नाम सिफारिस गरेको छ।
कांग्रेस क्षेत्रीय समितिले क्षेत्र नं १ मा मोहनबहादुर बस्नेतको नाम एक सिफारिस गरेकोमा जिल्ला कमिटीले थप दुईजनाको नाम पनि सिफारिस गरेर बागमती प्रदेश कमिटीमा पठाएको छ। बस्नेतसँगै जिल्ला सभापति जंग लामा र नेता महेन्द्र लामाको नाम पनि सिफारिस भएको हो।
क्षेत्र नं २ मा भने कांग्रेसले १६ जनाको नाम सिफारिस गरेको छ। बंशलाल तामाङ, विकास तामाङ, पासाङ दोङ, उद्दव बानियाँ, भूपेन्द्र थापा, विष्णुविक्रम थापा, राजु गोर्खाली, बिलबहादुर रायमाझी, जितबहादुर थिङ, राधिका पौडेल, जंग लामा, निमा लामा, भरत खड्का, सूर्य न्यौपाने, जमुना दंगाल र विष्णु घोरासैनी सिफारिस भएका हुन्।
समानुपातिकतर्फ कांग्रेस क्षेत्र नं १ बाट दोर्जे लामा, प्रेमध्वज लामा र एसमिन ढुंगाना सिफारिस हुँदा क्षेत्र नं २ बाट शिव सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनार सिफारिस भएका छन्।