रवि–बालेन फेरि आजै वार्तामा बस्ने

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
रवि–बालेन फेरि आजै वार्तामा बस्ने

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) आजै पुनः वार्तामा बस्ने भएका छन्।

वार्तास्थलबाट रवि बाहिर निस्किएपछि रास्वपाका नेता राजीव खत्रीले आज बेलुकी पुनः वार्तामा बस्ने जानकारी दिए। वार्ता सकारात्मक भएको भन्दै उनले दुवै पक्षले मध्यमार्गी बाटो पहिचान गरेर बेलुकी फेरि बैठक बस्ने बताए।

‘बिचको लाइन पहिचान गरेर फेरि आ–आफ्नो सर्कलमा छलफल गर्ने अनि फेरि भेट्ने भन्ने कुरा भएको छ,’ सञ्चारकर्मीहरूसँग उनले भने।

सुझावित समाचार