रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिचको भेटवार्तापछि लामिछाने बैठकस्थलबाट बाहिरिएका छन् । बिहीबार कुपन्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको घरमा वैकल्पिक शक्ति निर्माणको विषयमा छलफल गर्न लामिछाने र बालेन जुटेका थिए ।
उनी निस्किएसँगै वार्ताको विषय सोध्नेहरूको भिड लागेको छ ।