रवि र बालेनबिच सहमति नभएसम्म बाहिर निस्कन दिन्नौँ : सुदन गुरुङ

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका अभियन्ता सुदन गुरुङले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनचिब सहमति नभएसम्म बाहिर निस्कन नदिने बर्ताक छन् ।

बिहीबार कुपोन्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको लामिछाने र बालेबिच वैकल्पिक शक्ति निर्माणको विषयमा छलफलका लागि जुटेका छन् । त्यसमा लामिछाने र बालेन समूह दुवै पक्षका सुभचिन्तकहरुको सहभागिता रहेको छ । दुई जनालाई कोठाभित्र थुनेर उनीहरु बाहिर पहरेदारको रुपमा बसेका छन् ।

त्यतिबेला गुरुङले एउटा भिडियोमा भनेका छन्, ‘उहाँहरु दुईजना नेताहरु (मेयर साप र रवि लामिछाने) भित्र हुनुहुन्छ । जबसम्म उहाँहरु मिल्नुहुँदैन तबसम्म निस्किन पाउनुहुन्न । हामीले ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड बसेका छौँ कोठाको चाबि हामीसँग छ ।’

सुझावित समाचार