अनौपचारिक क्षेत्रका कामदारलाई कोषमा जोडिने

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

सरकारले अनौपचारिक क्षेत्रका कामदारलाई सामाजिक सुरक्षामा आबद्ध गराउने राष्ट्रिय अभियान सुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन नेपालसँगको सहकार्यमा यो अभियान सुरु भएको हो ।

सामाजिक सुरक्षा कोषमा हालसम्म करिब २७ लाख कामदार आबद्ध छन् । एक हजार पाँच सयजना अनौपचारिक र स्वरोजगार क्षेत्रका कामदार आबद्ध छन् । यसमा सरकारी निकाय, श्रमिक तथा कामदार संगठन, स्थानीय सरकार, नागरिक समाज र सञ्चारमाध्यमलाई संयुक्त रूपमा सहभागी गराउने भनिएको छ ।

अभियान सुरु गर्दै नेपालका लागि अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक नुमान ओज्कानले भने, ‘कोही पनि कामदार नछुटाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । सामाजिक सुरक्षा समानता, आर्थिक र समावेशी विकासका लागि आधारभूत विषय हो ।’

सुझावित समाचार