काठमाडौं उपत्यकामा क्रिसमस इभको चहलपहल, मलहरूमा भिडभाड

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा क्रिसमस इभको अवसरमा उत्साह र रौनक बढेको छ । क्रिसमसलाई लक्षित गर्दै उपत्यकाका विभिन्न व्यापारिक केन्द्र, मल, होटल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थानहरू आकर्षक सजावटले झकिझकाउ बनाइएका छन् । रंगीन बत्ती, क्रिसमस ट्री, सान्ता क्लजका प्रतिमा र सांगीतिक माहोलले उपत्यकालाई चाडपर्वमय बनाएको छ।

ललितपुरस्थित लबिम मलमा विशेषगरी सर्वसाधारणको उल्लेख्य भिड देखिएको छ। परिवारसहित घुम्न आएका सर्वसाधारण, युवायुवती र बालबालिकाले मल भरिभराउ बनेको छ।

सुझावित समाचार