रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण
रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

फाइल तस्बिर

नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेन–जी आन्दोलन सम्बन्धित जाँचबुझ आयोगमा बयानका लागि उपस्थित हुन सुझाव दिएका छन्।

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बुधबार बोल्ने नेताहरूले लेखकलाई बयानका लागि आयोगमा उपस्थित हुन सुझाव दिएका बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै महतले भने, ‘यो विषय प्रवेश भएको थियो। सुझाव दिने धेरै साथीहरूले जाँदा राम्रो हुन्छ भन्ने कुराहरू गर्नुभयो।’

आयोगले लेखकलाई मंगलबार पत्राचार गर्दै ११ पुसमा बयानका लागि बोलाएको छ। २३ भदौको प्रदर्शनमा दमन हुँदा बानेश्वर क्षेत्रमा मात्रै १७ जनाको ज्यान गएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए। सो घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले सोही दिन बेलुका राजीनामा दिएका थिए।

सुझावित समाचार