मोडल एलिजा गौतम आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छिन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन्।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गौतमलाई टीका, माला लगाई पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रवेश गरेको बताइन्।
नागरिक उन्मुक्ति पार्टीबाट राजनीति सुरु गरेकी गौतम जनादेश पार्टी नेपालमा उपाध्यक्षका रूपमा रहेकी थिइन्।