राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने निर्णय, १६ पुसमा एकता घोषणा सभा

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

राप्रपा र राप्रपा नेपालबिच पार्टी एकता हुने भएको छ। दुई दलबिच केहीबेरमा पार्टी एकतासम्बन्धी सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर हुन लागेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

दुई दलबिचको एकता घोषणा सभा १६ पुसमा गर्ने पनि उनीहरूबिच सहमति भएको छ। प्रारम्भिक सहमतिअनुसार दुवै दलबिच राप्रपाको नाम, चुनाव चिह्न र झन्डालाई स्वीकार गर्ने सहमति भएको छ।

‘अध्यक्षहरूबिच लामो समयदेखि वार्ता चलिरहेको थियो र वार्ता टोलीको स्तरमा पनि संवाद हुँदै आएको थियो। आज सैद्धान्तिक सहमति भएको छ। अब एक भएर देशको आवश्यकता पूरा गर्न अघि बढ्छौँ,’ महामन्त्री बर्तौलाले भने।

सुझावित समाचार