सहरी विकास, ऊर्जा एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सबै मन्त्रीहरूले कानुनअनुसार तोकिएको समयमै सम्पत्ति विवरण बुझाइसकेको प्रस्ट पारेका छन्।
१०० दिनको उपलब्धि सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले विगत ३० वर्षदेखि कर्मचारीको हैसियतमा सम्पत्ति विवरण बुझाउँदै आएको र मन्त्री भएपछि दुई महिनाभित्रै बुझाइसकेको बताएका हुन्।
‘हामीले कर्मचारीको हैसियतले विगत ३० वर्षदेखि हरेक वर्ष सम्पत्ति विवरण पेस गरेकै हुन्छौँ। यो वर्ष मन्त्रिमण्डलमा आएपछि ६० दिनभित्र क्याबिनेटमा पेस गर्नुपर्ने विषयमा, हामीले समयभित्रै पेस गरेका छौँ। सबैले पेस गर्नुभएको छ। त्यो सार्वजनिक प्रधानमन्त्री कार्यालयले नै गर्ला,’ उनले भने।
जेन–जी आन्दोलनको बलमा वर्तमान सरकार गठन भएको स्मरण गराउँदै मन्त्री घिसिङले कुनै पनि बहानामा सुशासनको विषयमा तलमाथि हुन नदिने प्रतिबद्धता जनाए।