सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार सम्पन्न सभाले गत आवको नाफाबाट सेयरधनीलाई कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
बैंकले चुक्ता पुँजीको ५.३५ प्रतिशत नगद (करसहित) लाभांश तथा पाँच प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो ।