निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ : वर्षमान पुन

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने वेला अएको बताएका छन् ।

मंगलबार काठमाडौंमा सहिद स्मृति स्पोर्टस् एकेडेमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले यस्तो बताएका हुन् ।

जेन-जेड आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरूको अनुभवलाई लिएर आफूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन् ।

‘पचास प्रतिशतभन्दा बढी युवाहरू हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरू आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’
 

सुझावित समाचार