प्रधानमन्त्रीसहित तीन शीर्ष नेताहरूसँग छलफलमा राष्ट्रपति पौडेल

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित विघटित प्रतिनिधिसभाका शीर्ष तीन दलका तीन नेताहरूसँग छलफल थालेका छन्।

शीतलनिवासमा जारी बैठकमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि पहिलोपटक तीन नेताहरू सँगै छलफलमा सहभागी भएका हुन्। बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ।

सुझावित समाचार