सिन्धुलीमा आगो लगाएर महिलाको हत्या, सासू र नन्द पक्राउ

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

सिन्धुलीमा एक महिलाको शरीरमा पेट्रोल छर्किएर आगो लगाई हत्या गरिएको छ। कमलामाई नगरपालिका– ४, धुराबजारमा ३२ वर्षीय सुशीला बमजनको हत्या भएको हो। हत्याको आरोपमा उनकी सासू ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मीना लामा बमजनलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा नन्द मीनाले पेट्रोल छर्किएर आगो लगाइदिने खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी सूर्यप्रसाद सुवेदीले बताए। 

घटना सोमबार साँझको हो। घरमै किचन कोठामा उनको हत्या भएको हो। बाँसको भाटामा सल बेरेर पेट्रोल खन्याई लागो लगाइदिएकाे प्रहरीले जनाएको छ। घटनापछि सुशीलाका ससुरा दुर्गामान बमजनसमेत घाइते भएका छन्। पक्राउ परेकाउपर ज्यानसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी सुवेदीले बताए। मृतकका बुबाले प्रहरीमा किटानी जाहेरी दिएका छन्। 

सुझावित समाचार