केपी ओलीले लगाएको गुन तिर्न अदालत धाउँदै छुः रवि लामिछाने

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेखका बुझ्न सोमबार जिल्ला अदालत, काठमाडौं गएका छन्। अदालतबाट फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘केपी ओलीले लगाइदिएको गुन तिर्न’ आफू देशभरिका अदालत धाइरहेको बताए। 

ओलीले एक अन्तर्वार्तामा लामिछानेलाई आफूले गुन लगाए पनि उनले दुश्मनीका रूपमा लिएको बताएका थिए। लामिछानेले ओलीलाई व्यंग्य गर्दै त्यही ‘गुन’ तिर्न अदालत धाएको बताएका हुन्। उनले भने, ‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, ठुलो गुन लगाइदिएको भन्नुभएको छ, त्यही गुन तिर्न आएको छु। सबै जिल्लामा सातै दिन म जानुपर्नेछ, शरीरमा ठाउँ–ठाउँमा किला ठोकेजस्तो भएको छ, शरीरभरि विष बाँकी नै, त्यसैको तयारी गरिरहेको छु म।’ 
 

सुझावित समाचार