सामाजिक सञ्जालमा फेक अकाउन्ट खोलेर बालिकाकाे चरित्रहत्या, एक युवक पक्राउ

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

सामाजिक सञ्जालमा फेक एकाउन्टमार्फत साथी बनी नाबालिकाको चरित्रहत्या गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्। 

बालिकाको नग्न तस्बिर तथा भिडियो बालिकाको विद्यालयका साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्रहत्या गरेको आरोपमा प्रहरीले  धनगढी उपमहानगरपालिका– १२, जुगेडा डी बस्ने २७ वर्षीय सन्दीप चन्दलाई पक्राउ गरेको हो।

बालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडियो मागी सेभ गरेर थप अश्लील गतिविधि गर्न लगाउँदा बालिकाले अस्वीकार गरेपछि चन्दले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ।

गत बिहीबार पक्राउ परेका चन्दलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ।

सुझावित समाचार