संसद् पुनर्स्थापनाको नाममा षड्यन्त्र नगर्न रवि लामिछानेको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाको बहानामा चलखेल भइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन्।‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला। धेरै आँखा नचम्काउनुहोला।’ उनले भत्किएको सिंहदरबार बनाएर मात्रै नभई बदल्नुपर्ने अवस्था आएको पनि बताए।
मधेश प्रदेश सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेश प्रदेश सभाको सभामुखमा सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार भएको प्रदेश सभामुख निर्वाचनमा प्रदेश सभामा उपस्थित ९६ जना प्रदेश सांसदमध्ये यादवको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २४ मत परेको थियो।
नेप्से दोहोरो अंकले घटेर पुनः २६ सय विन्दु तल
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १९.९२ अंकले घटेर दुई हजार ५९५.१० विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशत घटेको छ।
पाँचतले भवनबाट खस्दा नोबेलका इन्टर्न डाक्टरको मृत्यु
विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल शिक्षण अस्पतालको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ। आइतबार बिहान अस्पतालको भवनबाट खस्दा सप्तरीको राजविराज नगरपालिका– ९, जगदरी घर भएका इन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो।
‘घुर’ले खान्छ मुसहरको जाडो
मोरङको बुढीगंगा गाउँपालिका– १, करैया टोलका कृष्ण ऋषिदेव जाडो छिप्पिन थालेसँगै बिहान झिसमिसेमै उठ्छन्। उठ्नासाथ उनी खोजबिन गरेर ल्याएको झ्यासपरालमा आगो सल्काउँछन् र ताप्न थाल्छन्। आगो बलेको थाहा भएपछि परिवारका अरू सदस्यहरू पनि उठ्छन् र सामूहिक रूपमा आगो ताप्दै गफिन थाल्छन्।
एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने विनोद र अभिनाशसहित २४ खेलाडी विश्वकपको प्रारम्भिक प्रशिक्षणमा
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी आइसिसी पुरुष टी–२० को लागि प्रारम्भिक टोली घोषणा गरेको छ । आइतबार क्यानले २४ खेलाडीलाई पहिलो प्रशिक्षणको लागि बोलाएको हो । क्यानले बोलाएको सूचीमा उपाधि विजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलसहित उपविजेता भएको सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारी र बलर अभिनाश बोहोरालाई पनि कल गरिएको छ । यस्तै, इमर्जिङ प्लेयर शेर मल्लले पनि स्थान बनाएका छन् । खराब प्रदर्शन गरेका ललित राजवंशीलाई पनि प्रशिक्षक स्टुआर्ट लले मौका दिएका छन् । अनिलकुमार शाहले भने प्रारम्भिक चरणमै स्थान पाएनन् ।
तीन महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै रविलक्ष्मी
पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्कने भएकी छिन् । जेन–जी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो ।
सिद्धबाबा सुरुङमार्गको प्रगतिः भौतिक ६३ र वित्तिय ५६ प्रतिशत
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ६३ दशमलव ०१ प्रतिशत भएको छ । गत ११ माघमा ‘ब्रेक थ्रु्’ गरिएको एक हजार १२६ मिटर लामो सुरुङमार्गको वित्तिय प्रगति ५६ दशमलव ३६ प्रतिशत रहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त भएकी छन् । उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताका रुपमा नियुक्त गरेका हुन् ।
एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी संगठनको माग
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरूलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी संगठनले माग गरेको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीनिकट अनेरास्ववियू खोटाङले शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा आज (आइतबार) ध्यानाकर्षण-पत्र बुझाउँदै एमाले महाधिवेशनमा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कानुनी कारबाहीको माग गरेको हो।