साढे १७ करोडमा बन्यो मध्यविन्दु नगर अस्पताल

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

नवलपुरको मध्यबिन्दु नगरपालिकामा निर्मित मध्यविन्दु नगर अस्पताल र मध्यविन्दु आँखा अस्पतालको आइतबार उद्घाटन गरिएको छ। 

मध्यबिन्दु नगरपालिका–७ मा १७ करोड ५६ लाख २६ हजारको लागतमा निर्मित भवन तथा १५ शय्याका अस्पतालको मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीले उद्घाटन गरेका हुन्। 

उद्घाटनपछि नगर प्रमुख भीमलाल अधिकारीले नगर अस्पताल सञ्चालनबाट यहाँका जनताको स्वास्थ्य समस्या धेरै हदसम्म हल हुने विश्वास व्यक्त गरे।

नगर प्रमुख अधिकारीले स्थानीय नागरिकलाई सुलभ, गुणस्तरीय र भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको दीर्घकालीन लक्ष्यअनुरूप यो अस्पताल महत्त्वपूर्ण उपलब्धि भएको बताए।
 

सुझावित समाचार