मोरङ ४ बाट राप्रपा उपाध्यक्ष पौडेलको नाम सिफारिस

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि मोरङ क्षेत्र नम्बर ४ बाट राप्रपा केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलको नाम सर्वसम्मतिबाट प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस भएको छ । उपाध्यक्ष पौडेललाई पार्टीले समानुपातिकतर्फ पनि नाम सिफारिस गरेको छ । 

उपाध्यक्ष पौडेलले आइतबार पार्टीले सिफारिस गरेको जानकारी पाएको बताए । 

महामन्त्री प्रहलाद शाह, प्रवक्ता गोपाल दाहाल, केन्द्रीय सदस्य केदार कोइराला, विश्वमोहन थापा, उमा थापा समेतको उपस्थितिमा आइतबार सम्पन्न पार्टीको बैठकले उम्मेदवार सिफारिस गरेको हो । आइतबारै राप्रपाको क्षेत्रीय अध्यक्षमा पानालाल चौधरी सर्वसम्मतिले निर्वाचित भएका छन् ।

सुझावित समाचार