रोकियो चेल्सी

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड र चेल्सीले २–२ गोलको बराबरी खेलेका छन् । शनिबार राति पहिलो हाफमै दुई गोलको अग्रता लिए पनि न्युक्यासलले जोगाउन सकेन ।

दोस्रो हाफमा चेल्सीले २ गोल फर्काउँदै अंक खोसेको थियो । बराबरीपछि चेल्सी १७ खेलबाट २९ अंकसहित चौथो स्थानमा यथावत् छ । न्युक्यासल २३ अंकसहित ११औँ स्थानमा रह्यो । न्युक्यासलका लागि निक बोल्टमाडले दुवै गोल गरेका थिए । 

चेल्सीका रिस जेम्स र जोआओ पेड्रोले एक–एक गोल गरेका हुन् । खेलको चौथो मिनेटमा नै वोल्टमाडले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा उनैले अग्रता दोब्बर बनाए । ४९औँ मिनेटमा जेम्सले अग्रता २–१ मा झारेका हुन् । ६६औँ मिनेटमा पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

See More On

सुझावित समाचार