सन् १८९८ : म्यारी क्युरी र उनका पति पियरे क्युरीले रेडियम पत्ता लगाए ।
सन् १२३७ : आक्रमणकारी मंगोलियन फौजले पाँच दिन लामो नाकाबन्दीपछि रुसी सहर र्याजानलाई कब्जामा लियो ।
सन् १९२३ : भारतीय उपमहाद्वीपको ठुलो हिस्सामा शासन गरिरहेको औपनिवेशिक शक्ति बेलायतले नेपाललाई औपचारिक रूपमा स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गर्यो ।
सन् १९५८ : फ्रान्सको नयाँ संविधानअनुरूप भएको चुनावमा चाल्र्स डी गाल पहिलो राष्ट्रपति बने ।
सन् १९६२ : ‘बे अफ पिग्स’अभियानका क्रममा क्युवाली हिरासतमा परेकालाई छुटाउन अमेरिका र क्युवाबिच वार्ता सुरु, ती कैदीबापत क्युवालाई २.३ करोड डलरको औषधि र बच्चाको खाना दिनुपर्ने विषयमा चर्चा भएको थियो ।
सन् १९७१ : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले कुर्त बाल्डहाइमलाई चौथो महासचिवका रूपमा चुन्यो ।
सन् १९९१ : सोभियत संघका ११ गणराज्यले ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’ गठन गर्ने सहमतिमा हस्ताक्षर गरेसँगै संघ विघटन भयो ।
सन् १९९५ : बेथलेहेम नगर इजरायलीबाट प्यालेस्टिनी नियन्त्रणमा गयो ।
सन् २०१२ : पिएसवाईले गाएको ‘ग्याङनम स्टाइल’ युट्युबमा एक अर्ब भ्युज पाउने पहिलो भिडियो बन्यो ।
सन् २०१७ : संयुक्त राष्ट्र संघको महासभाले १२८ मतसहित अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने निर्णयको विरोध गर्यो ।
सन् २०२० : अमेरिकामा कोभिड– १९ को मोर्डेना खोप लगाउन सुरु ।