ज्ञान संस्कार टिम च्याम्पियन

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुसी चोक, काठमाडौंले तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोस्रो तथा अलकापुरी स्कुल तेस्रो भएका छन् । समापन कार्यक्रममा बोल्दै ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानियाँ बडूले सहभागी सबै विद्यालय, खेलाडी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरिन् । 

प्रधानाध्यापक बडूले प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेलको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धी भावना विकास हुने धारणा व्यक्त गरे । आयोजक ज्ञान संस्कारकै हातामा भएको एकदिने प्रतियोगितामा काठमाडौं उपत्यकाका ३० भन्दा बढी विद्यालयबाट २०० बढी खेलाडी सहभागी थिए ।

See More On

सुझावित समाचार