घरेलु टिम एपिएफ क्लबविरुद्ध भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा २–० को अग्रता बनाएको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टिमविरुद्ध अग्रता दिलाउँदा इस्ट बंगालकी फजिला इक्वापुट र सिल्कीदेवी हमामले गोल गरे।
पाँच राष्ट्र सहभागी लिगमा एपिएफ र इस्ट बंगाल अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन्।