राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन्।
हिजो रिहा भएका रविले चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केही बेरअघि काठमाडौं आइपुगेका हुन्। लामिछानेले विमानस्थलबाटै जेन-जेड घाइते र सहिद परिवारलाई भेट्ने बताइएका छन्। त्यस्तै, उनलाई पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ।
विमानस्थलमा समर्थकले उनलाई बाजासहित स्वागत गरेका थिए।